काठमाडौं, असार ११ । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले नेकपाकालिन समयमा माधव नेपालले गर्नुभएको शैलीलाई अगाडि बढाएका छन । नेकपाकालिन समयमा पार्टी अध्यक्षले गरेको निर्णयलाई अबज्ञा गर्दै ‘नेता हुँ म नेता’ भन्दै फरक पार्टीको अभ्याश गरेजस्तै नेकपा एसका मन्त्रीहरुले पनि पार्टीभित्र माधवकै शैली कपी गरेर फरक पार्टीको अभ्याश अघि बढाएका हुन ।
नेकपा एसका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई चार जना मन्त्री हटाएर चार मन्त्री नियुक्त गर्न र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई फूलमन्त्री बनाउन सूची बुझाइसक्नु भएको छ । तर चार मन्त्रीहरुले आफूहरु हटन परे सो सूची नहुने भन्दै अर्काे सूची नेपाललाई बुझाएका हुन ।
उनीहरुले परिवर्तन हुने नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका छन । यसअघि पार्टीले तयार पारेको सूचीभन्दा फरक सूची मन्त्रीहरुले प्रस्ताव गरेका हुन । उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री बिरोध खतिवडा, सचिव तथा सहरी बिकाशमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले तयार पारेको मन्त्रीको सूचीमा मेटमणि चौधरी र जीवनराम श्रेष्ठको नाम काटिएको छ ।
उहाँहरूले ललितपुरका कृष्णलाल महर्जन, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसी र डडेलधुराकी निरा जैरुलाई मन्त्री तथा मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने सूची बुझाउनु भएको हो । माधवप्रति आक्रोशित बनेर बैठकमै नगएका मन्त्रीहरुले सूची भने बुझाइसकेको एक केन्द्रीय सदस्यले जनताटाइम्स डटकमलाई बताए । ‘मन्त्रीहरुले नेतृत्वको र सचिवालयको निर्णय मान्दिन भन्ने प्रष्टै पार्नुभयो, पार्टीभित्र फरक पार्टीको अभ्याश सुरु भयो,’ ती नेताले भने ।
नेकपा एसले तीन साता अघि नै हाल रहेका चार मन्त्री फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो । साथै हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
तर बाहिरिने तयारीमा रहेका मन्त्रीहरूले आफूले छाड्ने शर्तमा आफैंले प्रस्ताव गरेका सांसदहरूलाई मन्त्री बनाउनु पर्ने अडान राखेका हुन । मन्त्रीहरुले शुक्रवार हेडक्वार्टरमाथि ८ बुँदे लेटर बम हान्दै संसदीय दलको बैठक बोलाउन १० सांसदको हस्ताक्षर गराएर अध्यक्ष नेपाललाई बुझाएका थिए ।













प्रतिक्रिया दिनुहोस्