काठमाडौं, असार ११ । नियुक्त भएको एक महिनापछि नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव शनिवार दिउँसो काठमाडौं आइपुग्नु भएको छ ।
श्रीवास्तव गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त हुनुभएको थियो । शनिवार दिउँसो काठमाडौं आइपुगेका श्रीवास्तवलाई कार्यवाहक राजदूत नामग्य सी खम्पा तथा दूतावासका अन्य अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गर्नुभयो ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उहाँको ठाउँमा नियुक्त हुनुभएका श्रीवास्तव चिनियाँ मामिला जानकार हुनुहुन्छ । उहाँ यस अघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्