काठमाडौ, असार ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत नेकपा समाजवादीका मन्त्री परिवर्तन गर्न नयाँ सर्त राख्नुभएको पाइएको छ । एकिकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेको २० दिन पुग्दा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन गर्नुभएन भनेर सबैतिर चासो बढीरहंदा देउवाले नयाँ सर्त राख्नुभएको हो ।
जति पटक नेपाल मन्त्रीको सुची लिएर बालुवाटार पुग्नुहुन्छ । देउवाले बागमती प्रदेशको मूख्यमन्त्रीमा काँग्रेस नेता इन्द्र बाँनियालाई एसले छोडिदिनु पर्ने सर्त राख्नुभएको हो । हाल नेकपा एसबाट राजेन्द्र पाण्डे सो प्रदेशको मूख्य मन्त्री हुनुहुन्छ । केही दिन अघि आलोपालो मूख्यमन्त्री हुने लिखित पत्र काँग्रेसले सार्वजनिक गरेको थियो ।
सामान्य अवस्थामा पाण्डेले नछोड्ने बुझेका देउवाले माधव नेपालको यो बाध्यताका बीचमा नै नयाँ मन्त्री नियुक्त गरेसँगै बागमती प्रदेशको मूख्यमन्त्री आफ्नो पार्टीको मातहतमा ल्याउने उपयुक्त अवसरको रुपमा लिनु भएको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादीका तीन मन्त्री शनिवार पनि पार्टी निर्णय कार्यान्वयन नगर्न भन्दै प्रधानमन्त्री देउवालाई भेटेका छन । केन्द्रीय कमिटी बैठक बहिष्कार गर्नुभएका स्वास्थ्यमन्त्री बिरोध खतिवडा, सहरी बिकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री किसान श्रेष्ठ बालुवाटार पुग्नुभएको हो । पर्यटनमन्त्री प्रेम आले पनि केन्द्रीय कमिटी बैठक बहिष्कार गरेर गृहनगर पुग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्