जनता टाइम्स

१२ असार २०७९, आईतवार ०८:१६

सातै प्रदेशबाट अधिवक्ताको परीक्षा दिन सकिने, यस्तो छ सूचना


काठमाडौं, असार १२ । नेपाल कानून व्यवसायी परिषदले अधिवक्ता तहको लिखित परीक्षा सातै प्रदेशबाट गर्ने भएको छ। परिषदले जारी गरेको सूचनाअनुसार भदौ २३ गतेदेखि २६ गतेसम्म परीक्षा चल्नेछ।

बागमती प्रदेशको काठमाडौंमा परीक्षा हुनेछ भने प्रदेश नम्बर १ को विराटनगरमा हुनेछ। यस्तै मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा परीक्षा हुने परिषदले जनाएको छ ।

अधिवक्ता तहको ३० औं परीक्षामा सहभागी हुन इच्छुक व्यक्तिले आवश्यक कागजात असार १५ गतेदेखि साउन १५ गतेभित्र पेश गरिसक्नुपर्नेछ। परीक्षा शूल्क चार हजार तोकिएको छ। परीक्षा कार्यक्रम र केन्द्र भने पछि तोकिने परिषदले जनाएको छ। परिषदले ३१ औं अधिवक्ता तहको परीक्षा भने नयाँ पाठ्यक्रमअनुसार हुने जनाएको छ ।