जनता टाइम्स

१२ असार २०७९, आइतबार १३:०३

पोखराको फिर्केखोला नजिकै सडक भासियो, एक घर जोखिममा


काठमाडौं, १२ असार । पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ । सडक भासिँदा एक घर जोखिममा परेको छ ।पोखरा महानगरपालिका वडा नम्बर ४ को बूढानीलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो ।प्रहरीका अनुसार झन्डै १० मिटर सडक भासिएको छ ।

पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।यसैबीच, आउँदो ३ दिन कोशी, नारायणी, कमला, वाग्मती र यसका सहायक नदीमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा पानीको सतह बढ्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।