काठमाडौं, १२ असार । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनुभएको हो । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गनुृभएको थियो त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’













प्रतिक्रिया दिनुहोस्