जनता टाइम्स

१२ असार २०७९, आईतवार १९:३८

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री फेरिए


काठमाडौं, असार १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो ।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो ।

मन्त्रीहरूको शपथ ग्रहण भोलि सोमवार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।