जनता टाइम्स

१२ असार २०७९, आईतवार २१:१२

आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न एमाले अध्यक्ष ओलीको आग्रह


काठमाडौं, १२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गर्नुभएको छ ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा सो विभागले निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण हुने गरी राम्रो गृहकार्य गरी आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा सल्लाह सुझाव दिनुपर्ने निर्देशन दिनुभयो ।