काठमाडौँ, १३ असार । धनगढी । गाडीमा लिफ्ट मागेर चढेका तीनजनाले नै गाडी लुटेका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ।भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार ४–५ जनाको समूहले उनीमा आक्रमण गरेका थिए। उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ। महेन्द्रनगरबाट भण्डारीको गाडीमा लिफ्ट मागेर आएका भारतीय लुटराले गोदावरी ५ मा आइपुगेपछि उनलाई नै आक्रमण गरेका थिए । तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उहाँको गाडी र पैसा लुटेर भागेको कैलाली प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्