जनता टाइम्स

१३ असार २०७९, सोमबार १९:१९

माओवादीको औचित्य छैन, एसको कुनै भविष्य छैन : उपमहासचिव गुरुङ


लमजुङ, १३ असार नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबै जनताको सपना एमाले रहेकाले एमाले आगामी दिनमाअझै बलियो स्थापित हुँदै जाने ठोकुवा गर्नुभएको

नेकपा एमाले जिल्ला कमिटी लमजुङद्धारा सुन्दरबजारमा आज आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँलेयस्तो कुरा बताउनु भएको हो

मुलुकको समृद्धि हाल उत्पन्न भएको बेरोजगार, आर्थिक संकट देखि विविध कुराहरुको समाधन एमाले सरकारमा भएमा मात्र समाधानगर्न सक्ने उहाँको भनाई

देश समृद्र्ध बनाउनका लागि आगामी निर्वाचनमा जनताले एमालेलाई साथ दिनुपर्छ,’ गुरुङले भन्नुभयो उहाँले आगामी संघीय प्रदेशनिर्वाचनमा लमजुङ एमालेको लाल किल्ला हुने दाबी समेत गर्नुभयो ।उहाँले भन्नुभयो, ‘एमालेलाई जनताको साथ हुने अन्य सबै दलमिल्दा पनि कसैको केही तागत चल्ने छैन, अनि मात्र देशले विकासको गति लिनेछ

कार्यक्रममा उहाँले नेपालमा अब बाम एकताको औचित्य नभएको प्रष्ट पार्नुहुँदै माओवादीको औचित्य नरहेको एसको कुनै भविष्यनभएकाले अब सबै एमालेमा समावेश भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो

उनीहरु कांग्रेसको घोषणा पत्र लिएर हिडेर अब उनीहरु कम्युनिष्ट भइरहन सक्दैनन्, माओवादीहरुले विगतमा जे योगदान गर्‍यो अबउनीहरुलाई कम्युनिष्टको विरासत जोगाउने एउटा मात्र ठाउँ नेकपा एमाले होगुरुङले भन्नुभयो

उक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्य टुकाभद्र हमाल, जमिन्द्रमान घले, गण्डकी प्रदेश कमिटि सचिव धनञ्जय दवाडी लगायतलेमन्तव्य राख्दै मुलुकलाई सही दिशामा लैजानका लागि एमालेले मात्र सक्ने भएकाले जनताले साथ दिन आवश्यक रहेका बताउनु भएकोथियो

उक्त कार्यक्रममा सुन्दरबजारका द्धारिका मिश्र, रुद्धहरि ढकाल लगायत १०९ जना एमाले प्रवेश गर्नुभएको

उहाँहरूले सबै भन्दा राम्रो देश जनताको हितमा काम गर्न सक्ने पार्टी एमाले रहेको भन्दै प्रवेश गरेको बताउनु भयो