जनता टाइम्स

१३ असार २०७९, सोमबार २३:३३

अर्थमन्त्रीलाई नहटाइ चुनावमा जान नसकिने भन्दै काँग्रेस निकट अर्थविद्हरू दिए चेतावनी


काठमाडौँ, १३ असार । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक र आर्थिक विषयमा आज अर्थविद्हरूसँग छलफल गरेका छन् । छलफलका क्रममा अर्थविद्हरूले मुलुक आर्थिक र राजनीतिक रुपमा कुनैपनि समय दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई नहटाइ चुनावमा जान नसकिने सुझाव दिएका हुन् ।

छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, पूर्व मुख्यसचिव डा.विमल कोइराला, अर्थविद् अच्युत वाग्ले, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य र व्यवसायी नरेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।

छलफलका क्रममा अहिलेको अवस्था सृजना हुनुमा अर्थमन्त्री शर्माको प्रमुख हात रहेकोले उहाँलाई तत्काल बर्खास्त गर्न आवश्यक रहेको बताउँदै उनीहरूले डा.शेखर कोइरालालाई यस विषयमा पार्टीभित्र स्पष्ट अडान राख्न आग्रहसमेत गरे ।