जनता टाइम्स

१४ असार २०७९, मंगलवार १७:२२

चुनावमा जिताए लिङ्ग बढाउने शल्यक्रिया निशुल्क !


एजेन्सी । इन्स्टाग्राम प्रभावशाली सेलिब्रेटीले ब्राजिलको चुनावमा अनौठो वाचा गरेकी छन् । उनले जितिन् भने सबै पुरुषहरूले निःशुल्क लिंग बढाउने शल्यक्रिया गर्न पाउनेछन् । इन्स्टाग्राममा डूलो संख्यामा फलोअर रहेकी मोडल जुजु फेरारीले आगामी संसदीय निर्वाचनमा साओ पाउलोबाट चुनाव लड्ने बताएकी छन् । यदि उनले जितिन् भने, उनले पुरुषहरूको लागि लिंग बढाउने सुविधा उपलब्ध गराउनेछिन्। यो प्रक्रिया सबैका लागि निःशुल्क हुनेछ।

जुजु फेरारीका इन्स्टाग्राममा ४२ लाखभन्दा बढी फलोअर्स छन् । अब उनले चुनाव लड्ने निर्णय गरेकी छन् । जुजुको यो वाचाले उनले भोट नपाऊन्, तर यसले उनलाई पुरुषमाझ लोकप्रिय बनाउने छ । फेरारीले चिकित्सकको सिफारिस पाएमा मात्रै यो सुविधा निःशुल्क उपलब्ध गराउन सक्ने बताएकी छन् । फेरारीले किन यस्तो गरिरहेकी छन् भन्नेबारे उनी भन्छन् ‘यसले पुरुषहरूको आत्मसम्मान बढ्छ र उनीहरूको यौन जीवनमा सुधार हुन्छ।’

पुरुष र महिला दुबै उनका समर्थक
यस विषयमा बोल्दै, इन्स्टाग्राम ती मोडलले भनिन् ‘मलाई सधैं यी शल्यक्रिया गर्न चाहने पुरुषहरूको म्यासेजहरू आउँछन्, तर तिनीहरूले गर्न सक्दैनन् किनभने यसमा धेरै खर्च लाग्छ। यो जनताको विश्वास बढाउने प्रक्रिया हो।’ उनले थपिन्, ‘यौन स्वास्थ्य धेरै महत्त्वपूर्ण छ। म यो हेर्नेछु। मैले यो वाचा गरेदेखि नै मलाई समर्थनको सन्देशहरू आइरहेका छन्। यसमा पुरुषसँगै महिलाहरु पनि खुसी छन् ।

मानिसहरूलाई ओछ्यानमा समस्या हुनु हुँदैन
फेरारीको विश्वास छ कि यो मुद्दा यति महत्त्वपूर्ण छ कि देशको एकीकृत स्वास्थ्य प्रणालीले यो शल्यक्रियाको लागि विधेयक ल्याउनु पर्ने हो । उनले भनिन् , ‘यो सुन्दरताको कुरा मात्र होइन, स्वास्थ्यको कुरा हो । जनतामा पहिले नै धेरै समस्या छन् । उनीहरूलाई ओछ्यानमा पनि समस्या हुनु हुँदैन।’

जसलाई यो आवश्यक छ उनीहरूले यो गर्ने हो र ससले यसको लागि भुक्तानी गर्नु पर्दछ । यो शल्यक्रिया केवल ती व्यक्तिहरूको लागि हुनुपर्छ जसमा टेस्टोस्टेरोन हर्मोन पूरकले काम नगरेको पाइन्छ ।