जनता टाइम्स

१६ असार २०७९, बिहीबार ०९:३३

ठूलो दर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज


रामेछाप, असार १६ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दर्घटनाबाट जोगिनु भएको छ । रामेछाप जाने क्रममा उपसभापति धनराजसहितका टीम सवार बा १९ च १८३९ नम्बरको सवारी एक्कासी सडकबाट चिप्लिएर सडक मुनी पुगेको हो ।

धनराज आफैले दिनुभएको जानकारीअनुसार रामेछाप गोगनेमा उहाँहरु सवार गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगिएको हो । उहाँले आफूहरु सवै सकुशल रहेको बताउनु भएको छ ।

दुर्घटनाबारे उपसभापति गुरुङले लेख्नुभएको छ, ‘ठुलो घट्ना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुसल छौं।’