जनता टाइम्स

१६ असार २०७९, बिहीबार ११:१४

अचानक ओली निवास पुगे बामदेव


काठमाण्डू, असार १६ । नेकपा एकता एकता अभियानका संयोजक बामदेव गौतम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नुभएको छ ।

गौतम केहीबेर अगाडि ओली निवास बालकोट पुग्नुभएको हो । एमाले छाडेपछि गौतम पहिलो पटक कम्युनिस्ट पार्टीको एकताको अभियान आगाडि बढाउने बताएर बालकोट जानु भएको हो ।

गौतमले केहीदिन अघि मात्र नेकपा राष्ट्रिय एकता अभियान नामक दल खोल्नुभएको थियो । सो पार्टीमा पत्नी तुलसा र छोरा हरिसलाई केन्द्रीय समितिमा राखिएको छ ।