जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १५:३१

परराष्ट्र मन्त्री ज्ञवालीद्वारा ६ अंग दान गर्ने घोषणा


काठमाडौं, साउन ३

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मरणोपरान्त आफ्नो अंगदान गर्ने घोषणा गर्नुभएको छ । उहाले आफ्ना शरीरका ६ वटा अंगदान गर्ने घोषणा गर्नुभएको हो ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा उहाले शरीरका ६ वटा अंगदान दिन मञ्जुरीनामा गर्नुभएको छ । मन्त्री ज्ञवालीले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, सानो आन्द्रालाई मरणोपरान्त आवश्य भएको जुनसुकै बिरामीका लागी प्रयोग गर्नपाउने गरी मञ्जुरीनामा दिनुभएको छ ।

कार्यक्रममा ज्ञवालीकी श्रीमती सरस्वती ज्ञवाली अर्यालले पनि शरीरका ६ वटा अंगदान दिने मञ्जुरीनामा गर्नुभएको छ । उहाले शरीरको मृगौला, मुटु,फोक्सो, कलेजो, प्याक्रियाज, सानो आन्द्रा मरोपरान्त आवश्यक बिरामीलाई दिन सहमति गर्नुभएको छ ।

जीन्दगीको भरोसा नरहेको भन्दै ज्ञवालीले जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस् भनेर ट्वीट पनि गर्नुभएको छ ।