काठमाडौ, असार १७ ।नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको हो। क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १० दिनको अस्ट्रेलिया भ्रमण गराइने उल्लेख छ ।
नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग खेल्ने क्यानले जनाएको छ ।नेपाली टोली अहिले क्यानडा भ्रमणमा छ ।
प्रतिक्रिया दिनुहोस्