जनता टाइम्स

१७ असार २०७९, शुक्रबार ०९:३२

बिजुक्छे निवासमा एमाले अध्यक्ष ओली (फोटो फिचर)


भक्तपुर, असार १७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुग्नुभएको छ ।

पत्नी शोकमा रहनुभएका अध्यक्ष बिजुक्छेलाई समवेदना तथा मृतक शोभा प्रधान बिजुक्छेको गत साता निधन भएको हो । एमाले अध्यक्ष ओली बिहीवार बिजुक्छे निवास पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

अध्यक्ष ओलीका साथ उहाँकी पत्नी राधिका शाक्य र एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि निवास पुग्नुभएको थियो ।