जनता टाइम्स

१७ असार २०७९, शुक्रबार १६:१५

रबि लामिछानेको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी


काठमाडौं, असार १७ । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । लामिछानेको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । आयोगले लामिछानेको पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै माग बमोजिम नै मान्यता दिएको हो ।

आयोगका पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको जानकारी दिनुभयो । यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको प्रवक्ता ढकालको भनाई छ ।