काठमाडौं, असार १७ । प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदनसँगै आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्ने एजेण्डा राखिएको छ । यस्तै बैठकमा केन्द्रीय बिभागहरुको सचिव तय गर्ने एजेण्डासमेत रहेको छ ।













प्रतिक्रिया दिनुहोस्