जनता टाइम्स

१८ असार २०७९, शनिबार ०६:३८

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित कम्तीमा १९ जनाको मृत्यु


युक्रेन,१८ असार। युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित कम्तीमा १९ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

उक्त राज्यको आपत्कालीन सेवाका अनुसार लगभग सबै पीडितहरू क्षेप्यास्त्र प्रहार भएको नौ तले भवनमा रहेका थिए। रुसले केही दिनयता युक्रेनी सहरहरूमा दर्जनौँ क्षेप्यास्त्रहरू प्रहार गरेको छ।

शुक्रवार क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले सर्वसाधारणहरू लक्षित हमलाहरू नगरेको दाबी दोहो¥याएका छन्।उक्त भवनमा करिब १५० जना मानिस रहेको अनुमान गरिएको छ।

बिदा मनाउन प्रयोग गरिने रिजोर्टमा मारिनेमा एकजना १२ वर्षका बालक पनि रहेको राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको कार्यालयका उपप्रमुखले बताएका छन्।