जनता टाइम्स

१८ असार २०७९, शनिबार १२:३८

अन्ततः फुट्यो माओवादीको अखिल क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा आयोजक समिति


काठमाडौं, १८ असार । लामो बिबादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन बिभाजन भएको हो ।

‘अध्यक्षज्यूको समुहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ असन्तुष्ट समुहका उपदेश यादवले भन्नुभयो, ‘संगठनलाई बिद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरेका हौं ।’

उहाँका अनुसार सो आयोजक समितिले संगठनलाई बिद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ । बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका बिद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दावी गर्नुभएको छ ।