जनता टाइम्स

१८ असार २०७९, शनिबार १२:४४

स्वतन्त्र उम्मेदवारहरूको भेला ललितपुरमा सुरु


ललितपुर,१८ असार ।स्वतन्त्र उम्मेदवारहरूको भेला ललितपुरमा सुरु भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहानदेखि सुरु भएको हो ।काठमाडौंमा मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालसमेत सहभागी भएका छन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरू सहभागी रहेको बताइएको छ । स्वतन्त्र उम्मेदवारहरूको यो पहिलो भेला रहेको जनाइएको छ ।