जनता टाइम्स

१८ असार २०७९, शनिबार १५:४५

बलिउड अभिनेता राजपालविरुद्ध ‘धोकाधडी’को उजुरी


मुम्बई, १८ असार । बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उहाँमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । उहाँलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।

बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उहाँको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गर्नुभएको छ ।

तर, अहिलेसम्म उहाँको छोरालाई राजपालले कुनै काम नदिएको र उहाँलाई सहयोग पनि नगरेको दाबी गर्नुभएको छ । उहाँले आफूले पैसा माग्दा राजपाल वेपत्ता भएको आरोप लगाउनुभएको छ । प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानबिन सुरु गरेको छ । प्रहरीले अभिनेताविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन भनेको छ ।