जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार २०:१२

पूर्वमन्त्री मोहन बस्नेतको काउन्टर : सहकारीमा मेरो खाता नै छैन कसरी भेटियो ६१ करोड ?


काठमाडौं, साउन ३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले महाबौद्धमा रहेको सहकारीमा आफ्नो खाता नै नभएकाले कसरी रकम भेटियो भनेर प्रश्न गर्नुभएको छ । सो सहकारीमा उहाको स्रोत नखुलेको ६१ करोडक रकम भेटिएको समाचार आएपछि त्यसको प्रतिवाद गर्दै उहाले खाता नै नरहेको बताउनु भएको हो ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाउनु भयो । उहाले मिडिया काउन्सिल विधेयकको विरुद्धमा आफू उभिएपछि सत्तारुढ दलकै केही नेताको संलग्नतामा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठा माथिनै आँच आउने गरी त्यस्तो कपोलकल्पित समाचार सम्प्रेषण गराइएको दावी गर्नुभयो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले सो सहकारीमा आफू र आफ्नो परिवारको सदस्यको कुनै पनि खाता नरहेको पनि बताउनु भयो । कांग्रेस केन्द्रीय सदस्य बस्नेतले सो सहकारी संस्थाको नाम आफूविरुद्धको सो समाचार आएपछि मात्रै थाहा पाएको उल्लेख गर्दै सो सहकारी संस्थाले पनि शुक्रबार विज्ञप्ती जारी गरेर मेरो नाममा कुनै पनि खाता नरहेको स्पष्ट पारेको पनि बताउनु भयो ।