जनता टाइम्स

१८ असार २०७९, शनिबार १८:५८

स्वतन्त्र उम्मेदवारी अभियानले लगायो रबि लामिछानेमाथि गम्भीर आरोप


काठमाडौं, असार १८ । स्वतन्त्र उम्मेदवारी अभियानले भर्खरै नयाँ दल दर्ता गर्नुभएका रवि लामिछानेमाथि गम्भीर आरोप लगाएको छ । सञ्चारकर्ममा टिक्न नसकेपछि समानुपातिक मतको लोभले लामिछानेले दल दर्ता गरेको अभियोगसहित अभियानले थप आरोप पनि लगाएको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको पक्षमा लहर आएको देखेर आगामी चुनावमा समानुपातिक भोटको लागि रविले दल खोलेको बताएको हो । पूर्वडीआईजी रमेश खरेलले पार्टी खोलेको, पूर्वआईजी सर्वेन्द्र खनाल अर्कै पार्टी खोल्न खोजेको भन्दै अभियानले किन व्यक्तिपिच्छे पार्टी खोलिदैछ भन्ने प्रश्न पनि उठाएको छ ।

‘यही क्रममा भर्खरै हतार हतार रवि लामिछानेले पनि नयाँ पार्टी खोल्नुको आशय के हो ? स्थानीय चुनावमा स्वतन्त्रको पक्षमा लहर आएको देखेर समानुपातिक भोटको ढडिया थापेर त्यसैमा तर मार्ने उद्देश्यले स्वतन्त्रकै बदमान हुने गरी हतारमा पार्टी खोलिएको त होइन ?’ अभियनको अवधारणापत्रमा भनिएको छ ।