जनता टाइम्स

१९ असार २०७९, आइतबार १२:४५

च्यासलमा एमाले सचिवालय बैठक सुरू, यस्तो छन एजेण्डा


काठमाडौं, १९ असार। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेपछि सचिवालय बैठक बसेको हो।

आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा पनि आज छलफल भएको छ। वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।