जनता टाइम्स

१९ असार २०७९, आईतवार १७:४९

एमाले सचिवालय बैठक सकियो, बरिष्ठसहित सात उपाध्यक्षलाई तोकियो बिशेष जिम्मेवारी


काठमाडौं, असार १९ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले निर्वाचनको समिक्षादेखि बिभागको सचिव नियुक्तसम्मको निर्णय गरेको छ ।

बैठकले प्रदेशगत प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवं केन्दीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार प्रदेश १ मा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, मधेश प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्ड, बागमति प्रदेशमा उपाध्यक्ष बिष्णु पौडेल र गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई संयोजनको जिम्मेवारी तोकेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा र सुदुरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई संयोजक तोकिएको छ ।