काठमाडौं, १९ असार । काठमाडौंको पुतलीसडकस्थित एक घरमा भएको आगलागी नियन्त्रणमा आएको छ। आइतबार राति पुतलीसडकस्थित गणेश गल्लीको घरमा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
आगो निभाउन दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो। आगलागी कसरी भएको हो भन्ने खुलिसकेको छैन। आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी लगायतको टोली खटिएको थियो। आगलागीबाट भएको क्षति विवरण आइसकेको छैन। प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्