जनता टाइम्स

२० असार २०७९, सोमबार १०:३९

१७ डिआइजीको पदस्थापन, को कहाँ ? (सूचीसहित)


काठमाडौं, असार २० । गृह मन्त्रालयले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट बढुवा भएका १७ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को पदस्थापन गरेको छ ।

गृहमन्त्री बालकृण खाणको मन्त्रीस्तरीय निर्णयअनुसार आइतवार डिआइजीहरुको पदस्थापन भएको हो । जसअनुसार पहिलो नम्बरमा बढुवा हुनुभएका बशन्त कुँवरलाई प्रहरी प्रधान कार्यालय कार्यबिभाग, कार्य निर्देशनालय, टेकप्रसाद राईलाई प्रहरी महानिरीक्षकको सचिवालय र अशोक सिंहलाई प्रहरी प्रधान कार्यालय बिशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।

यस्तै डिआइजी दिपक थापा आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, श्यामलाल ज्ञवाली साइवर ब्यूरो, किरण बज्राचार्य बागमति प्रदेश, सन्दिप भण्डारी प्रप्रका प्रदेश समन्वय बिभाग र सुदिप गिरी १ नम्बर प्रदेश कार्यालय बिराटनगर पदस्थापन हुनुभएको छ भने भीम ढकाल प्रहरी प्रधान कार्यालय अन्वेशन योजना तथा बिकाश निर्देशनालयमा पदस्थापन हुनुभएको छ ।

हेर्नाेस सूची