जनता टाइम्स

२० असार २०७९, सोमबार १२:५७

प्रचण्डको प्राइभेट कम्पनी बन्यो माओवादी केन्द्र, कान्छी छोरी र ज्वाँई पनि केन्द्रीय सदस्य


काठमाडौं, असार २० । नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल हुनुभएको छ ।

आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल हुनुभएको हो ।

सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रिय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाई नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रीय समितिमा अटाउनु भएको थियो ।