जनता टाइम्स

२० असार २०७९, सोमबार १६:५२

पोस्ट प्रोडक्सनमा ‘मिलन’


काठमाडौं, २० असार । आगामी कात्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘मिलन’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । ६ महिनाअघि छायांकन सकिएको फिल्मको हालै डबिङको काम सकिएको छ ।

फिल्ममा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर वाङ्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । निर्देशक टेक पौरखी राईले प्रेम कथामा आधारित फिल्ममा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कथा हेर्न पाइने बताउनुभयो । निर्देशक राईले यसअघि ‘मट्टीमाला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् ।

फिल्ममार्फत कुशल शाह ठकुरी र शिल्पा थापाले डेब्यू गरुेका हुन् । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किराँतीको स्वर, राहुल राईको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्म काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको हो ।