जनता टाइम्स

२१ असार २०७९, मंगलवार १२:०१

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु


काठमाडौं, २१ असार । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।रामेछापको सुनापति गाउँपालिका– २ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ न।को यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटननास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिनुभयो । उहाका अनुसार मृतकहरुको पहिचान खुलेको छैन । बसमा ल्याइएको खसीबोकाहरु पनि मरेका छन् ।’ बसमा करिब ३० जना यात्रुलाई सवार थिए । २४ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको उहाँले बताउनुभयो । घाइतेको उद्धारको लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।