जनता टाइम्स

२१ असार २०७९, मंगलवार १५:२४

अर्थमन्त्रीका कारण देशकै बदनाम भो : रामहरि खतिवडा


काठमाडौं, २१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै नभई देश नै बदनामीको बाटोमा अघि बढेको बताउनुभएको छ । सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो । उहाँले देश नै बदनामीको बाटोमा अघि बढेको टिप्पणी गर्नुभयो ।

उहाँले लेख्नुभएको छ,‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो ।’ अर्थमन्त्री शर्मालाई अलिकति देशका बारेमा सोचिदिन गर्नुभयो । ‘मन्त्रीजी अलिकति आफ्नो होइन, देशको बारे सोचिदिनुहोस्’, उहाँले अगाडि लेख्नुभएको छ ।