जनता टाइम्स

२२ असार २०७९, बुधबार १०:०५

एमाले अध्यक्ष ओलीले सुझाए जनसंगठनले गर्नैपर्ने तीन काम


काठमाडौं, असार २२ । नेकपा –एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनसंगठनका अध्यक्षहरुको सुझाव लिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको समिक्षादेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी जनसंगठनका अध्यक्षसँग संवाद गर्नुभएको हो ।

नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको बैठकमा अध्यक्ष ओलीले सवैको सुझाव सुनेर आफ्नो धारणा राख्नुभएको थियो । सो क्रममा अध्यक्ष ओलीले जनसंगठनहरु आफ्नो कामको प्रकृति र कार्यक्षेत्रअनुसार सवैमा पुग्नैपर्ने बताउनु भयो ।

‘यो गठबन्धन नै राष्ट्रिय लुटेरा हो । जनार्दन शर्मा भन्दा कुनै फरक छैनन गठबन्धनमा सहभागी हुनेहरु, गठबन्धन तोडने नाउमा बजेटमारा, देशको लुटेराहरुलाई आदर्श बनाएर हामी समाजवादको गन्तब्यमा पुग्छौं भन्ने कल्पना गर्ने ? यो संभव छैन, अध्यक्ष ओलीले भन्नुभयो, बिचौलिया राखेर बजेट बनाएर देशको ढुकुटी लुटनेहरुलाई अथवा त्यस्ता कुराको भर परेर हामी जित्छौं भन्ने भ्रममा पर्नू छैन ।’

संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार बैठकमा अध्यक्ष ओलीले जनसंगठनले तीन वटा काम गर्नैपर्ने निर्देशन दिनुभएको छ । जसअनुसार पहिलो कुरा सरकार बनाउने, प्रधानमन्त्री हुने हतारो हो कि हामीलाई समृद्ध नेपाल, सुखी नेपालीको गन्तब्यमा पुग्ने भन्ने बिषयमा प्रष्ट हुनुपर्छ । के हो हाम्रो गन्तब्य ? हामी गन्तब्यमा पुग्ने हो । दौडमा सामेल हुने हो भने बैशाखी फ्याक्नुस, कुदनोस । अन्यथा केही गर्न सक्नुहुन्न, सशक्त पार्टी, ससक्त अभियान र महान बिजय, अध्यक्ष ओलीको भनाई उधृत गर्दै संयोजक ढकालले भन्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले सावधानी अपनाउने कुरामा पार्टी पंक्ति अलिक सचेत नभएको तथ्य औल्याउनु भयो । अनेष्टि (इमान्दारिता) सँगसँगै सावधानी चाहिन्छ राजनीतिमा । गएको निर्वाचनमा हाम्रा थुप्रै साथीहरुमा सावधानी देखिएन । त्यस्को कारण चुनावमा परिणाम केही तलमाथि भयो । अव त्यो कुरालाई हामीले साथीहरुलाई राम्रोसँग सम्झाउनु पर्छ, ओलीले भन्नुभयो ।

बैठकमा संयोजक ढकालले जनसंगठनको अहिलेसम्म भएको कामको प्रतिवेदन अध्यक्ष ओलीलाई हस्तान्तरण गर्नुभयो । बैठकमा जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक रचना खडकासहित सवै जनसंगठनका अध्यक्ष सहभागी हुनुहुन्थ्यो ।

जनसंगठनले यी तीन काम गर्नुपर्छ
१. तपाईंहरु आफ्नो कार्यक्षेत्रमा ब्यापकताका साथ जानोस, कोही पनि नछुटोस । हरेक मान्छेलाई । भन्न बाँकी कसैलाई राख्न हुँदैन । हरेक ब्यक्तिसँग पुग्नोस ।

२. कामको निगरानी गर्नाेस । आधुनिक प्रबिधि र उपलब्धीलाई प्रयोग गरेर अगाडि बढनोस ।पहिलो किडनी ट्रान्सप्लान्ट गर्दा जे औषधी खान्थें, अहिले त्यो औषधी खान्न । अहिले पछिल्लो ट्रासपान्ट गर्दा अर्कै औषधी खान्छु । रोगलाई सवभन्दा बढी प्रहार जुन औषधीले गर्छ, त्यही प्रयोग गर्ने हो ।

३. सामाजिक अन्धकारलाई जे गर्दा उज्यालो दिन सकिन्छ, त्यही बिधि प्रयोग गर्नुपर्छ । जनताको समस्या समाधानका लागि जुनसकुनै बेला संघर्षका लागि तयार रहनोस ।