काठमाडौं, असार २२ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपमाथि छानबिन गन संसदीय समिति गठन हुने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय छानबिन हुनुपर्ने माग गरेको अवस्थामा समितिमा बस्ने सांसदहरूको नाम माग गरिएको बताइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नै संसदीय छानबिन समिति गठनको तयारी भइरहेको हो । ’आवश्यक परेमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने हुनाले दलका सचेतकहरूसँग समितिमा बस्ने सांसदहरूको नाम मागिएको हो,’ संसद सचिवालयका एक अधिकारीले भने ।
एमालेले भने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने नभए बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले राजीनामा वा बर्खास्ती नभएसम्म संसद चल्न नदिने बताउनु भयो । उहाँले पहिला अर्थमन्त्रीबाट शर्मा हटेपछि संसदीय समितिले छानबिन गर्नुपर्ने बटमलाइन सुनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्