जनता टाइम्स

२२ असार २०७९, बुधबार १९:५१

जनार्दनको बहिर्गमनसँगै प्रचण्डपुत्री गंगालाई अर्थमन्त्री बनाउन प्रस्ताव


काठमाडौं, असार २२ । राष्ट्रबिरुद्धको अपराध गरेको अभियोगमा अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएपछि उहाँको ठाउमा प्रचण्डपुत्री गंगा दाहाललाइृ अर्थमन्त्री बनाउन प्रस्ताव आएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक रुपमै छोरी गंगालाई न्याय दिन अर्थमन्त्री बनाउन प्रस्ताव गरिएको हो ।

मधेश बिश्लेषक तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले आज यस्तो प्रस्ताव गर्नुभएको छ । अहिराजले प्रचण्डलाइृ ब्यंग्य गर्दै लेख्नुभएको छ, ‘ गंगा दाहाललाई तत्काल अर्थमन्त्री बनाउन हार्दिक आग्रह। पार्टी सचिवालय सम्हाल्दै केन्द्रीय सदस्य बनेकी तर मन्त्री बन्न नपाएर महिला हिंसा र विभेदको अनुभुति गर्दै बसेकी.. छोरीलाई अर्थमन्त्री बनाऊ । मौका यही हो। छोरीहरुबीच विभेद नगरुम कमरेड पाप लाग्छ। प्लिज कमरेड ।’