काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ।बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या आउँदा चन्द्रागिरिको भालेश्वर मन्दिरमा फसेका ४३६ जना पर्यटकको राति आठ बजे उद्धार भएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
केबलकार आधा घण्टादेखि ४५ मिनेट सम्म बीचमै रोकिएको थियो। इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्