काठमाडौं, असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको नेतृत्व नेकपा माओवादी केन्द्रलाई नदिने संकेत दिनुभएको छ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभार आफैले सम्हालेर प्रधानमन्त्री देउवाले यस्तो संकेत दिनुभएको हो ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट अर्थमन्त्री शर्मा राजीनामा दिएको हुनाले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोक्नुभएको छ ।
बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिइएको छ । यसअघि प्रधानमन्त्री देउवाले माओवादी नेतृत्वको मन्त्रालयमा मन्त्री बिदेश जाँदा वा अन्य केही पर्दा सोही दलका अर्का मन्त्रीलाई जिम्मेवारी दिने गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्