जनता टाइम्स

२३ असार २०७९, बिहीबार १२:५६

डिसेम्बरबाट सुरु हुँदै ‘दबंग ४’


एजेन्सी, २३ असार । अभिनेता सलमान खान आफ्नो लोकप्रिय फिल्म फ्रेञ्चाइजी ‘दबंग’को चौथो संस्करण ‘दबंग ४’ दर्शकमाझ ल्याउँदै हुनुहुन्छ । फिल्मको लेखन तथा निर्देशन निग्मांशु धुलियाले गर्नेछन् । फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ । सलमान निर्देशक तिग्मांशुलाई आफ्नो आइडल पर्सन मान्छन् ।

त्यहीकारणले उहाँलाई लेखन र निर्देशनको जिम्मेवारी दिनुभएको हो । सलमानको बुझाइमा तिग्मांशुले चुलबुल पाण्डेको कथामा थ्रिल र एडभेञ्चर ल्याउन सक्छन् । त्यहीकारण उहाँ तिग्मांशुको कामबाट खुशी हुनुहुन्छ । तिग्मांशुले आफ्नो करियरको सुरुवात फिल्म ‘हासिल’बाट गर्नुभएको थियो ।

यसपछि उहाँले ‘साहब बीबी और ग्याङगस्टर’, ‘पान सिंह तोमर’, ‘साहब बीबी और ग्याङ्गस्टर रिटन्र्स’, ‘बुलेट राजा’ र ‘यारा’ जस्ता फिल्मको निर्देशन गर्नुभएको छ । उहाँले ‘ग्याङ्स अफ वासेपुर’, ‘शाहीद’, ‘जीरो’ र ‘माझी द माउन्टेन मेन’ जस्ता फिल्ममा अभिनय पनि गर्नुभएको छ ।