जनता टाइम्स

२३ असार २०७९, बिहीबार १४:०९

प्रचण्डको निष्कर्ष : रुस–युक्रेन युद्धबारे नेपालले पक्षधरता देखाउनु गम्भीर गल्ती


काठमाडौं, असार २३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुस(युक्रेन युद्धका सन्दर्भमा सरकारले गलत नीतिलिएको भन्दै आलोचना गर्नुभएको उहाँले यो विषयमा गठबन्धनभित्र समेत आफूले असहमति राखेको बताउनु भयो

पार्टीको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले रुस(युक्रेनका विषयमा नेपालले देखाएको पक्षधरता नेपालको भूराजनीतिकपरिस्थिति प्रतिकूल रहेको उल्लेख गर्नुभयो

यो गम्भीर गल्ती भयो भन्ने हाम्रो धारणा हो एकातर्फ भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको चीनले खुलेआम समर्थन गरिरहेकोअवस्थामा हामीले कसैको पक्षमा बोल्नुहुँदैनथ्यो त्यो वक्तव्य क्याबिनेटबाट निर्णय भएर आएको पनि होइन रहेछ हामीले तत्कालगठबन्धन बैठकमा यो विषयमा असहमति राखेका थियौं’, प्रचण्डले भन्नुभयो

उहाँले यस विषयमा नेपालले स्वतन्त्र असंलग्न नीतिको मान्यता अनुसरण गर्नुपर्नेमा जोड दिए ।प्रचण्डले भन्नुभयोसंवादको माध्यमबाटवार्ता कूटनीतिक माध्यमबाट समाधान गरियोस् भन्ने सजिलो विधि हुँदाहुँदै यो वा त्यो पक्षमा अभिव्यक्ति दिनु हाम्रो भूराजनीतिकअवस्थासँग मेल खाँदैन