जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १६:२६

सिंचाई डिभिजन कार्यालय दोलखाका प्रमुख अधिकारी र सिन्धुपाल्चोक इञ्जिनियर शाह पक्राउ


काठमाडौं, साउन ४ । जलस्रोत तथा सिंचाई बिकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी र जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्का घुस रकमसहित पक्राउ परेका छन । असार मसान्तमा कुस्त घुस लिएर काठमाडौंमा आउँदै गर्दा हिजो साँझ अधिकारी र शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

अख्तियारका अनुसार प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार रुपैया र इञ्जिनियर शाहबाट १ लाख ३० हजार रुपैया घुसरकमसहित पक्राउ गरिएको हो । दोलखाबाट घुस रकम लिएर काठमाडौं आइरहेको भन्ने सूचनाको आधारमा भक्तपुरको जगातीबाट उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रेस विज्ञप्ति :- मिति २०७६।०४।०४ गते ।

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्का शंकास्पद नगद सहित नियन्त्रणमा।
‍———————————————–
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले बिभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनिहरूसंग घुस रकम लिई बा. १ झ ५२८० नम्बरको सरकारी गाडिमा मिति २०७६।०४।०२ गते काठमाण्डौ आउँदै गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाण्डौबाट खटिई गएको टोलीले उक्त नम्बरको सवारी साधनलाई मिति २०७६।०४।०३ गते जिल्ला भक्तपुर, जगाती भन्ने स्थानबाट नियन्त्रणमा लिईकानून बमोजिम खानतलासि गर्दाजलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीको साथबाट रू.13,38,500।-(रु.तेह्र लाख अठतिस हजार पाँच सय) र सोहि गाडिमा रहेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट रू.1,29,105।-(एक लाख उन्नतिस एक सय पाँच) शंकास्पद नगद फेला परेकोले सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, ईन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्कालाई बा १ झ ५२८० नम्बरको टोयोटा हाईलक्स गाडी सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेकोछ।

प्रवक्ता
प्रदीपकुमार कोइराला