जनता टाइम्स

२३ असार २०७९, बिहीबार १८:२०

बेलायती प्रधानमन्त्रीले दिए राजीनामा


लन्डन, असार २३ । बेलायती प्रधानमन्त्री बोरिश जोन्सनले राजीनामा दिनुभएको छ । कार्यशैली र कार्य क्षमता माथि प्रश्न गर्दै आफ्नो नेत्र्त्वमा रहेका पचास भन्दा बढी सांसद तथा मन्त्रीले धमाधम राजिनामा दिएसँगै प्रधानमन्त्रीको पद छोड्न चर्को दबाब झेलिरहनु भएका बेलायती प्रधानमन्त्री जोनसनले केहीबेर अघि राजिनामा घोषणा गर्नुभएको हो ।

अन्तराष्टिय संचार माध्यम रोयटर्सका अनुसार जोनसेनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो । अन्तिमसम्म संघर्ष गर्ने बताउँदै आएका बोरिसले आफ्ना सलाल्हकारहरुको सुझावमा राजिनामा दिएको समाचारमा उल्लेख छ ।

जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ। कन्जरभेटिभ पार्टीको नेता छान्ने समयअवधी भर बोरिसनै कार्यवाहक प्रधानमन्त्री हुनुहुनेछ ।

सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा ६५० सिटमध्ये ३६५ सिटसहित बहुमत हासिल गरेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्छ ।