जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १७:१४

पन्ध्र लाख घुस रकमसहित अख्तियारद्वार तीन इञ्जिनियर पक्राउ


काठमाडौं, साउन ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुसरकमसहित तीन जना इञ्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

कर्णाली नदी नियन्त्रण आयोजनामा कार्यरत इञ्जिनियरत्रय कमल सिटौला, बिशेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको हो । अख्तियारको बिशेष टोलीले बर्दियाको गेरुवा गाउपालिकाबाट १५ लाख रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।