जनता टाइम्स

२४ असार २०७९, शुक्रबार ०८:१६

आज ठूलो वर्षाको सम्भावना, विशेष सावधानी अपनाउन आग्रह – यस्तो छ तीन दिनको मौसमि विवरण


काठमाडौं, २४ असार । आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।मौसमविद्ले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् ।

मौसमविद् सजिना शाक्यका अनुसार राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।राति लगातारजसो झरी पर्ने नै अनुमान गरिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबानको जोखिम रहेको उहाँले बताउनुभयो ।

भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ ।मनसुन थप सक्रिय हुने भएकाले आज रातिदेखि धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको हो । मनसुनी न्यून चापीय रेखा अहिले पश्चिमी भू–भागबाट उत्तरतिर सर्दै गरेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।यस्तै, आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

२०७९ असार २४ गते (शुक्रबार)

दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै  बांकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

  २०७९ असार २५ गते (शनिबार)

दिउँसो:   गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखी पूर्ण  बदली रहनेछ र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णीली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार २६ गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बांकी भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।