काठमाडौं, असार २४ । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म १ हजार २ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ । १२ सय मतको गणना सकिएकोमा एमालेले मेयरमा ६२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ ।
कांग्रेस ५१६ मतका साथ दोस्रो स्थानमा छ ।यस्तै उपमेयरमा एमालेले ६१५ मत ल्याएको छ भने कांग्रेसले ५२८ मत पाएको छ।यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार हुनुहुन्छ । यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।













प्रतिक्रिया दिनुहोस्