जनता टाइम्स

२४ असार २०७९, शुक्रबार २१:१८

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति ओलीद्वारा दुःख व्यक्त


काठमाडौं, असार २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नूभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गर्नूभएको छ ।

‘जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु, पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ ओलीले भन्नुभएको छ ‘, आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।’ जापानका पूर्वप्रधानमन्त्री आबेको आज निधन भएको हो । शुक्रबार बिहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको थियो । गोलीलागि गम्भीर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो ।

स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उहाँको निधन भएको घोपाणा अस्पतालले गरेको छ । अत्याधिक रगत बगेका कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।