जनता टाइम्स

२५ असार २०७९, शनिबार ०७:१४

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता


बाजुरा, २५ असार।बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत ल्याउँदा कांग्रेसकी रीता शाही (शाहं)ले ९१९ मत ल्याउँनुभएको छ ।

हालसम्म वडानम्बर १, १० र २ को २३४० मत गणना भएको छ । मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भने वडानम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।

बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।