जनता टाइम्स

२५ असार २०७९, शनिबार ०९:५३

बुढीगंगा नगरपालिका ९ को वडाध्यक्षमा ‌एमालेका सिंह दुई गुणा मतान्तरले विजयी : मेयर र उपमेयरमा पनि अग्रता


काठमाडौं, २५ असार । बुढीगंगा नगरपालिका वडा नं ९ मा दुई गुणा मतान्तरले ‌एमाले उम्मेदवार विजयी हुनुभएको छ ।नेकपा एमालेका मीनबहादुर सिंहले गठबन्धनका भरतबहादुर थापालाई फराकिलो मतान्तरले हराउनुभएको छ ।थापा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुनुहुथ्यो।

सिंहले ४९२ मत पाउँदा थापाले २९३ मतमात्रै पाउनुभयो । यसअघि वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी भइसक्नुभएको छ । जारी मतगणनाअनुसार मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् । अहिलेसम्म ३,६४८ मत गणना सकिएको छ ।

एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,१९६ मत पाउनुभएको छ । उपमेयर मायाकुमारी खड्का कुवँरले २,१७२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२३९ र उपमेयर रीता शाहीले १,२६२ मत प्राप्त गर्नुभएको छ ।