जनता टाइम्स

२५ असार २०७९, शनिबार ११:२४

बुढीगंगा अपडेट – चौथो वडामा पनि एमाले विजयी


कैलाली असार २५ । बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी हुनुभएको छ।

फराकिलो मतान्तरसहित एमाले उम्मेदवार पदम भण्डारी विजयी हुनुभएको हो । उहाँले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार दलबहादुर थापाले २३५ मतमात्रै प्राप्त गर्नुभएकोछ । यसअघि वडा नं १, ९ र १० मा पनि एमाले विजयी भएका छन् ।