काठमाडौं, असार २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नै तलवबाट र्याप गायक यमबुद्धको शालिक बनाउने घोषणा गर्नुभएको छ ।
यमबुद्धको शालिक बनाउन मेयर साहले मनोमानी ढंगबाट महानगरपालिकाको १५ लाख बजेट छुट्टयाएलगत्तै तीब्र असन्तुष्टि देखिएपछि आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साहले आफ्नै तलवबाट शालिक बनाउने घोषणा गर्नुभएको हो । मेयर साहले कामनपाको बजेटबाट र्याप गायक यमबुद्धको सालिक निर्माण गर्ने निर्णय कार्यपालिका बैठकबाटै गराउनु भएको थियो ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो । मेयर साहले ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको बताउनु भएको थियो ।
बेलायतमा आत्महत्या गरेका यमबुद्धको काठमाडौंमा शालिक बनाउने निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ ।
सामाजिक सञ्जालकै आलोचनालाई संबोधन गर्दै साहले आफ्नै तलवबाट बनाउने उल्लेख गर्नुभएको छ । ‘म मेरो तलवबाट यमबुद्धको शालिक बनाउँछु, तपाईहरुको दिन शुभरहोस,’ मेयर साहले आज आफ्नो फेसबुक पेजलमा लख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्